बेल्जियमको जितमा लुकाकुले गरे दुई गोल

नेशन्स लिग फुटबल अन्तर्गत बेल्जियमले आइसल्याण्डमाथि सहज जित दर्ता गरेको छ । आवे मैदानमा बुधबार राति भएको खेलमा बेल्जियमले आइसल्याण्डलाई २-१ ले पराजित गरेको हो । 

बेल्जियमको जितका लागि पहिलो गोल खेलको ९ मिनेटमा रामेलु लुकाकुले गरे । रोचक बनेको खेलको १७ औँ मिनेटमै आइसल्याण्डका लागि बिरकिर साइभार्सनले गोल गर्दै खेल बराबरी बनाए । 

खेलको ३८ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै लुकाकुले बेल्जियमका लागि अर्को गोल गरे । 

पहिलो हाफ रोचक बनेको खेलको दोस्रो हाफमा गोल हुन सकेन । लुकाकुले गरेको पेनाल्टी गोलले बेल्जियमको जित निश्चित गर्यो । 

यो जितसँगै बेल्जियम समूह ए टूको शीर्ष स्थानमा पुगेको छ । समान सात अंक भएका डेनमार्क र इंग्ल्याण्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ​

आइसल्याण्डले अहिलेसम्म जित निकाल्न सकेको छैन ।  





  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार ६:२८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया