अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा १४ वर्षीय ब्यारनमा पनि कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक भएको छ । ट्रम्पकी पत्नी मेलानियाले छोरोसमेत संक्रमण मुक्त भएको जानकारी दिएकी हुन् ।
कोरोना संक्रमण मुक्त भएको जानकारी दिन व्यक्तिगत विज्ञप्ति सार्वजनिक गर्दै मेलानियाले ब्यारनमा पनि कोभिड–१९ संक्रमण भएको खुलासा गरेकी हुन् ।
संक्रमण पुष्टि भए पनि ब्यारनमा कुनै लक्षण नदेखिएको उनको भनाइ छ। उनले छोरा ब्यारन बलियो किशोर भएकाले कुनै लक्षण नदेखिएको दाबी गरेकी छन् ।
ह्वाइट हाउसका अन्य कर्मचारीसहित राष्ट्रपति ट्रम्प, पत्नी मेलानियासहित छोरा ब्यारनमा कोरोना पुष्टि भएको थियो ।
विज्ञप्तिमा मेलानियाले आफूमा कोरोनाको हल्का लक्षण देखिएको उल्लेख गरेकी छन् । जीउ दुख्ने, खोकी लाग्ने र थकान अनुभव भएको उनको भनाइ छ ।
उनले विज्ञप्तिमार्फत् सबैलाई सकेसम्म स्वास्थ्य जीवनशैली अपनाउन सुझाव दिएकी छन् । उनले सन्तुलीत आहार, स्वच्छ हावा लिन आग्रह गरेकी हुन् ।
मेलानियाका अनुसार छोरामा पहिलो पटक कोरोना नदेखिएको र दोस्रो पटक गरिएको परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।