५ हजार ३२९ प्रहरीमा कोरोना संक्रमण,  उपत्यकामा मात्रै १ हजार १ सय सक्रिय संक्रमित

नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५ हजार ३२९ पुगेको छ । जसमध्ये काठमाडौं उपत्यकाकै १ हजार १०६ जना सक्रिय संक्रमित छन् । प्रहरी प्रधान कार्यालयका ३६५ र उपत्यकाका ७४१ गरी १ हजार १०६ जना सक्रिय संक्रमित छन् ।

हालसम्म २ हजार ८५ जना उपचाररत छन् भने ३ हजार २४४ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा १५० जना, प्रदेश २ मा ८५ जना, वाग्मती प्रदेशमा १७४ जना, गण्डकी प्रदेशमा १९५ जना, लुम्बिनी प्रदेशमा २०५ जना, कर्णाली प्रदेशमा ४८ जना र सुदूरपश्चिम प्रदेशमा १२५ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।





  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार १३:३६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया