स्वास्थ्य मन्त्रालय भन्छ : कोरोना संक्रमितको उपचार खर्च सरकारले बेहोर्दैन

सरकारले कोरोना संक्रमितको उपचार खर्च नबेहोर्ने बताएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले इन्स्योरेन्स गरेकाले सोही रकमबाट र नगरेको भए खल्तीबाटै खर्च गरेर कोरोनाको उपचार गर्नुपर्ने बताए ।

‘जसले इन्स्योरेन्स गरेका छन् । उनीहरुले त्यो सुविधा लिन सक्छन् अर्थात् सोही रकम खर्च गर्न सक्छन् नगरेकाले खल्तीबाटै खर्च गर्नुपर्ने हुन्छ । इन्स्योरेन्सले पुगेन भने पनि संक्रमितले नै उपचार खर्च बेहोर्नुपर्छ । सरकारले खर्च गर्न सक्दैन ।’

उनका अनुसार आर्थिक रुपले विपन्न, असक्त र असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाइ कर्मचारीहरु, सुरक्षाकर्मीहरुलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुमा लक्षण वा चिह्न देखिएमा परीक्षण नि:शुल्क गरिनेछ । स्वास्थ्य मन्त्रालयले भनेको छ, ‘उनीहरुले पनि कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएमा परीक्षण खर्च निजको बिमा रकमबाट गरिनेछ ।’





  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार १५:०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया