पर्सामा बन्दुक, गोली र बारुद बोकेका ४ जना पक्राउ

जनकपुरधाम पर्सा प्रहरीले भरुवा बन्दुक, गोली, बारुदसहितका हातहतियार बोकेका चार जनालाई खोलाको बगरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ठोरी गाउँपालिका ४ का ३४ वर्षीय कुमार लामा, ३५ वर्षीय सुनबहादुर लामा, ३२ वर्षीय बाबुराम लामा र २५ वर्षीय अमन लामा रहेका छन् । उनीहरुलाई ठोरी गाउँपालिका ४ औराही खोलाको बगरबाट हातहतियारसहित बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट १ नाल भरुवा बन्दुक, ४ राउन्ड गोली, १ सय ग्राम बारुद र १ थान खुकुरी बरामद भएको छ । प्रदेश २ प्रहरीका प्रवक्ता एसपी कृष्ण प्रसाईँले गाँजा आइरहेको सूचना पाएर खटेको इलाका प्रहरी कार्यालय ठोरीको टोलीले उनीहरुलाई हातहतियारसहित पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेकाहरुबाट भने लागुऔषध गाँजा बरामद भएको छैन । यद्यपि उनीहरु गाँजा तस्कर रहेकाले हातहतियार बोकेर हिँडेको हुनसक्ने प्रहरीको अनुमान छ । उनीहरुमाथि अनुसन्धान भइरहेको बताइएको छ ।





  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार १६:३२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया