सिसिएमसीको बैठक बस्दै, उपत्यका छिर्ने नाका कडाइमा छलफल हुने
फाइल तस्बिर

काठमाडौंमा कोरोना संक्रमणको दर बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको बैठक बस्ने भएको छ । बैठकमा उपत्यका छिर्ने नाका कडाइ गर्ने विषयमा छलफल हुने बताइएको छ । 

यसअघि सरकारले कोरोना न्यूनीकरण गर्न लकडाउन र निषेध आज्ञा गरे पनि काठमाडौ छिर्ने नाकामा कडाइ नहुँदा उपत्यकामा कोरोना संक्रमण बढेको अनुमान गरिएको छ ।

यस्तै प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको ‘कोभिड १९ नियन्त्रणमा सरकारको कामकारबाही अनुगमन उपसमिति’ले उपत्यका प्रवेशको नाका सिल नगरे कोरोनाको महामारी थप भयावह हुन सक्ने चेतावनी दिएको थियो । नजिकिँदो चाडवाडसँगै बजारमा मानिसहरुको भिडभाड पनि बढ्दो ।





  • प्रकाशित मिति : असोज ३०, २०७७ शुक्रबार १३:४१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया