महामारीको रुपमा फैलिएको कोरोनाका कारण विश्वभरि हालसम्म ११ लाख ३ हजार ३७९ जनाको मृत्यु भएको छ ।
विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार कोरोनाबाट विश्वभरि सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ३ करोड ९२ लाख ७ हजार ४३६ पुगेको छ ।
कुल सङ्क्रमित मध्ये २ करोड ९३ लाख ९७ हजार ८३५ जना कोरोनाबाट सङ्क्रमणमुक्त भइसकेको तथ्याङ्क छ ।
विश्वभरी अहिले पनि ८७ लाख ६ हजार २२२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ८६ लाख ३५ हजार ३१६ जनाको अवस्था मध्यम छ भने अरु ७० हजार ९०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
सङ्क्रमितहरुको सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, स्पेन, अर्जेन्टिना, कोलम्बिया, पेरु, मेक्सिको र फ्रान्स क्रमशः अग्र देशमा रहेका छन् ।
अमेरिकामा अहिलेसम्म ८२ लाख १६ हजार ३१५ जना सङ्क्रमित भएका छन् भने २ लाख २२ हजार ७१७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी भारतमा ७३ लाख ७० हजार ४६८ जना सङ्क्रमित हुँदा १ लाख १२ हजार १६१ जनाको मृत्यु भएको विवरण छ ।
सङ्क्रमितहरुको संख्या हेर्दा ब्राजिलमा ५१ लाख ७० हजार, रुसमा १३ लाख ६९ हजार स्पेनमा ९ लाख ७२ हजार मानिस कोरोनाबाट सङ्क्रमित भएका छन् ।
गत डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको पुष्टि गरिएको कोरोनाभाइरस अहिले फैलिँदै विश्वका २१६ देशमा पुगिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।