जर्मनीमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना सङ्क्रमित

जर्मनीमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टायता कम्तीमा पनि सात हजार जना सङ्क्रमितहरु देखिएका हुन् ।

यहाँका अधिकारीहरुका अनुसार जर्मनीमा पछिल्ला हप्तामा कोभिडको दोस्रो लहर आएको छ । जसका कारण पहिलाको भन्दा धेरैजना जना सङ्क्रमितहरु देखिएका हुन् । यहाँका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टायता यहाँ ७ हजार ३३४ जना सङ्क्रमित थपिएका छन् । यो संख्यालाई उनीहरुले जर्मनीमा महामारी सुरु भए यताकै सबैभन्दा धेरै संख्या भएको बताएका छन् । 

जर्मनीका स्वास्थ्य अधिकारीहरुले जर्मनीमा पहिलो पटक एकै दिनमा यति ठूलो संख्यामा धेरै सङ्क्रमितहरु देखिएको समाचारमा जनाएका हुन् । उता बिहीबार मात्र पनि जर्मन चान्सर एन्जिला मार्केलले जर्मनी कोरोनाको सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताएका थिए ।

जर्मनीमा पछिल्लो समयमा कोरोनाका सङ्क्रमितहरु बढ्दै गएकाले उनले सो कुरा बताएका हुन् । उनले बिहीबार पत्रकार सम्मेलनमा भनेका थिए– ‘हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ ।’

उनले अहिलेको अवस्थामा पहिलेभन्दा धेरै अर्थात् अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोभिडका सङ्क्रमितहरु बढ्दै गएका र यसबाट बच्ने नै ठूलो चुनौती भएको बताएका थिए ।

तर पनि अहिलेको अवस्थामा जर्मनीले लकडाउन गर्न सक्ने अवस्थामा भने नरहेको पनि उनले स्पष्ट गरेका छन्  । आर्थिक हिसाबले पनि अर्को पटकको लकडाउनको अवस्थामा जान नसकिने र यही खुला रहेकै अवस्थाबाट नै उपचारका विधिहरु तय गर्नुपर्नेमा यहाँका अधिकारीहरुले जोड दिँदै आएका छन् ।



जर्मनीमा अहिलेसम्ममा ३ लाख ४८ हजार ५५७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी यहाँ ९ हजार ७३४ जनाको ज्यान गएको बताइएको छ । यहाँका २ लाख ८४ हजार जना सङ्क्रमित निको भएका छन् ।



  • प्रकाशित मिति : असोज ३०, २०७७ शुक्रबार १९:४४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया