कोरोना संक्रमण बढेको भन्दै ललितपुरमा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गरी कार्तिक २ गतेबाट अर्को सूचना नभएसम्मका लागि यस जिल्लाभित्र अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जानकारी दिएको हो ।
सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा सेवाग्राहीको भीड अत्यधिक रहेका कारण संकमण फैलन सक्ने उच्च जोखिम भएकाले सेवा बन्द गर्ने निर्णय गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकाय समेत सँगको छलफल, परामर्शका आधारमा यस्तो निर्णय गरिएको सूचनामा जानकारी दिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।