देशभर ३ हजार १६७ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा मात्रै १ हजार ७४६ जना कोरोना संक्रमित थपिएका हुन्।   

योसँगै संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । 

काठमाडौँ उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौंमा १ हजार ४५१,  भक्तपुरमा १४३ र ललितपुरमा १५२ रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ८०० पुगेको छ । 

२४ घण्टामा मृत्यु  हुने  संक्रमितको संख्या १२ रहेको छ ।





  • प्रकाशित मिति : कात्तिक १, २०७७ शनिबार १६:३५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया