कमल थापा ओम अस्पतालको आइसियूमा

राप्रपा अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार कोरोना पोजेटिभ देखिएका उनी टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका हुन् ।

अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले थापाको सघन उपचार कक्ष (आइसियू)मा उपचार भइरहेको शनिबार विज्ञप्तिमार्फत जनाएका छन् । थापाको उपचारमा डा. विश्वनाथ कोइराला, डा. सुबोध सागर ढकाल, डा. प्रमेश सुन्दर श्रेष्ठलगायतको टोली संलग्न छ ।

थापाको ज्वरो नियन्त्रणमा आएको र श्वासप्रश्वासको समस्या समेत नदेखिएको उल्लेख गर्दै विज्ञप्तिमा उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ । 





  • प्रकाशित मिति : कात्तिक १, २०७७ शनिबार २०:३४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया