कवि निरौलाको सिसिफसको लोकार्पण

इलामका कवि सोम निरौलाको कवितासङ्ग्रह सिसिफसको विमोचन भएको छ । प्रविधिमार्फत् कार्यक्रम आयोजना गरी कृति विमोचन गरिएको हो । कोकगोष्ठी, प्रतिभा निकुञ्ज र छन्द-चौतारी तीन संस्थाको सहकार्यमा आयोजित ९७ औँ कोकगोष्ठीको अवसरमा यस कृतिको लोकार्पण गरिएको हो । ४९ ओटा छन्द-कविताहरू समेटिएको कृतिको समीक्षा साहित्यकार होम सुवेदीले गरेका थिए ।

कार्यक्रममा रमेश खकुरेल, भुवनहरि सिग्देल, कोषराज न्यौपाने, प्राडा माधवप्रसाद पोखरेल, प्रह्लाद पोखरेल लगायतले आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए । कविताभित्र सूक्तिमयता रहेको र छन्दकवितामा बिम्बको प्रयोग हुँदैन भन्नेहरूका लागि सिसिफस एउटा दरिलो जवाफ भएको धारणा वक्ताहरूको थियो ।

कार्यक्रममा मनोज भण्डारी,​नीरा रानाभाट, भवानी खतिवडा एवं पुष्कल किरणले सिसिफसभित्रका कविता वाचन गरेका थिए भने खोलाघरे साहिँलो, जगदीश्वर पोखरेल, दुष्यन्त भट्टराई, डा. खगेन्द्रप्रसाद दाहाललगायत कविहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए ।





  • प्रकाशित मिति : कात्तिक २, २०७७ आइतबार १२:४५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया