पर्यटकका लागि खुल्यो बर्दिया राष्ट्रिय निकुञ्ज

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जभित्र स्वास्थ्य मापदण्ड अपनाएर जंगल सफारीका लागि खुला गरिएको छ ।     

कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि पर्यटकका लागि पूर्णरुपमा बन्द गरिएको निकुञ्जक्षेत्र आइतबारदेखि खुला गरिएको हो , निकुन्ज क्षेत्र खुलेसँगै ठाकुरद्वारामा आन्तरिक पर्यटकको चहलपहलसमेत सुरु भएको छ ।

निश्चित क्षेत्र तोकेर पर्यटकीय गतिविधि सञ्चालन गरेको निकुञ्ज प्रशासनले तोकिएका मार्गमा मात्रै जंगल सफारी र सवारी साधनमा समेत यात्रा गर्न पाउने गरी खुला गरिएको छ । 

सवारी साधनबाट यात्राका लागि भने सिट क्षमताको बढीमा ६० प्रतिशत मात्र पर्यटक राख्न पाइने र पैदल यात्राका लागि भने एक पटकमा पथप्रदर्शकसहित चार पर्यटक मात्र प्रवेश गर्न पाइने निकुञ्जका सहायक संरक्षण अधिकृत महेश्वरप्रसाद निरौलाले बताए ।   
     
 





  • प्रकाशित मिति : कात्तिक २, २०७७ आइतबार १३:२६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया