दशैँमा पनि कोरोना परीक्षण बन्द नहुने, तीन दिन चाप भए मात्रै
फाइल फोटो

दशैँका बेला पनि कोभिड–१९ परीक्षणको कार्य यथावत राख्ने निर्णय सरकारले गरेको छ। दशैँ तीन दिनबाहेक अरु दिन प्रयोगशालाहरूलाई पूर्णरूपमा सञ्चालन गर्ने गरी  
स्वास्थ्य मन्त्रालय निर्देशन दिने भएको छ ।

कोभिड–१९ परीक्षण गर्ने सबै प्रयोगशालाले नवमी, दशमी र एकादशी बाहेकका अन्य दिन पूर्णरुपमा सञ्चालन गर्न, गराउन निर्देशन दिने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । यी तीन दिनमा पनि परीक्षणको चापलाई हेरेर सञ्चालन गर्ने गराउने निर्णय भएको उनले जानकारी दिए । 





  • प्रकाशित मिति : कात्तिक २, २०७७ आइतबार १७:६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया