मोरङमा कात्तिक ३ गतेबाट १५ गतेसम्म दसैँलक्षित निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले दसैंलाई लक्षित गर्दै कात्तिक ३ गतेदेखि १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड१९) को संक्रमणलाई मध्यनजर गरी १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ ।

मोरङका जिल्ला प्रमुख कोशहरि निरौलाले जारी गरेको सूचनामा सो अवधिभर मठ–मन्दिर तथा शक्तिपीठमा गरिने पूजाआजा, सामूहिक चियापान तथा शुभकामना आदानप्रदानका कार्यक्रम, सामूहिक शिलान्यास, उद्घाटन, सम्मेलनलगायतका कार्यमा रोक लगाइएको छ । 

उक्त आदेश उल्लंघन गर्ने वा आदेश पालना गर्ने गराउने कार्यमा अवरोध गर्नेलाई कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।





  • प्रकाशित मिति : कात्तिक २, २०७७ आइतबार २१:२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया