अष्ट्रिया बस्दै आएकी बागलुङकी महिलाले आफ्नै तीन सन्तानको हत्या गरिन

युरोपियन राष्ट्र अष्ट्रिया बस्दै आएकी एक नेपाली महिलाले आफ्नै तीन बच्चाको हत्या गरेकी छिन् ।  नेपालको बागलुङ घर भएकी ती महिला अष्ट्रियाको राजधानी भियनामा बस्दै आएकी थिइन् 

भट्टराई थरकी ३१ वर्षीया ती महिलाले‍ आफ्ना ८ महिने छोरा, ३ वर्षीया र ९ वर्षीया छोरीको हत्या गरेकी हुन् । स्थानीय समय अनुसार शनिबार बिहान ५ सबा ५ बजेतिर घटना भएको बताइएको छ। 

ती महिलाले आफ्ना सन्तानको हत्या गरेपछि आफैँले प्रहरीलाई खबर गरेकी थिइन् । तत्काल प्रहरी पुग्दा आत्महत्याको प्रयास गरेकी थिइन् । प्रहरीले घटनाको कारण खुली नसकेको जानकारी दिएको छ । प्रहरी घटनास्थल पुग्दा ठूली छोरी जिवितै रहेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 
  हत्यापछि उनले आफूलाई पनि चक्कु प्रहार गरेकी थिइन् ।  तर तत्कालै प्रहरी पुगेको र उनको अवस्था गम्भीर नभएकाले नियन्त्रणमा लिएको बताइएको छ ।  





  • प्रकाशित मिति : कात्तिक ३, २०७७ साेमबार ८:४४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया