चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु

कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्य भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेज मा उपचाररत वृद्धको मृत्यु भएको हो ।  भरतपुर महानगरपालिका–१० का ७६ वर्षीय वृद्धलाई ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएपछि असोज २० गते अस्पताल भर्ना गरिएको थियो । 

परीक्षणका क्रममा उनमा कोरोना संक्रमण रहेको २० गते नै संक्रमण पुष्टि भएको थियो । उपचाररत अवस्थामा सोमबार बिहान ४ बजे उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । 
 





  • प्रकाशित मिति : कात्तिक ३, २०७७ साेमबार ११:२०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया