जनता समाजवादी पार्टीका सांसदले दसैँ भत्ता नलिने, कोभिड–१९ पीडितलाई राहत दिन माग

जनता समाजवादी पार्टीको सोमबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आफ्ना सबै सांसदले दसैँ भत्ता नलिने निर्णय गरेको छ । 

पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले दिएको जानकारी अनुसार सोमबारको बैठकले दसैँ भत्ता खारेज गर्न माग गरेको छ । साथै सो रकम कोभिड–१९ पीडितलाई राहत दिन माग गरेको छ । 

सरकारले दसैँ भत्ता खारेज नगरे सबै जसपा सांसदले सो भत्ता नलिने निर्णय गरेको उनले जानकारी दिए । बैठकले पार्टी विधान संशोधनसहित पारित गरेको नेता पाण्डेले जानकारी दिए ।

मंगलबारसम्म जारी रहने बैठकमा विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन लगायतका एजेन्डामा छलफल भइरहेको छ ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७७ साेमबार १८:५८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया