ससुराली आएका महराको दुर्घटनामा मृत्यु, दुईजना गम्भीर

धनुषाको नगराइन नगरपालिका ४ ससुराली आएका एक भारतीय नागरिकको दुर्घटनामा मृत्यु भएको छ । उनी चढेकै मोटरसाइलमा सवार अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

विआर ३२ एबी ४१८३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भारतको मधुवनी उमगाउँ घर भएका ४० वर्षीय शंकर महराको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरका अनुसार नगराइनबाट गंगुलीर्फ आउने क्रममा सोमवार मध्यरातमा मोटरसाइकल दुर्घटना भएको छ ।

मृतक महराकै मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन् । उनी दुबै जनाको उपचार जनकपुरस्थित जानकी हेल्थ केयर अस्पतालमा भइरहेको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको छ ।

सडकमा अचानक कुकुर आएपछि गाडी अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । घटनास्थलमै कुकुर पनि मारिएको छ ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार ११:४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया