लुम्बिनी प्रदेशका यी अस्पतालमा संक्रमितको निशुल्क उपचार
फाइल फोटो

सरकारले सरकारी अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको पनि शुल्क लाग्ने निर्णय गरिसकेको छ ।  केन्द्र सरकारले यस्तो नीति ल्याए पनि लुम्बिनी प्रदेशमा भने संक्रमितको निशुल्क उपचार हुने भएको छ । 

यसअघि हुँदै आए अनुसार नै सरकारी अस्पतालमा संक्रमितको निशुल्क उपचार जारी रहने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । 

लुम्बिनी प्रदेशका तीन जिल्लामा सञ्चालित अस्पतालमा संक्रमितको निशुल्क उपचार व्यवस्था यथावत नै रहेको मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलका अनुसार कोरोना विशेष अस्पताल, रुपन्देहीको भीम अस्पताल,  बुटवल धागो कारखाना, दाङको नेपाल संस्कृत विश्वविद्यालयको  कोरोना विशेष अस्पताल र बाँकेको  क्यान्सर अस्पतालमा संक्रमितको निशुल्क उपचार हुनेछ । 

संक्रमित बिरामीको दर पनि बढ्दै  गएकाले प्रदेश सरकारले अस्पतालमा राख्नुपर्ने अवस्थाका बिरामीका लागि निशुल्क उपचार व्यवस्था यथावत नै राखेको पोखरेलले बताए ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार १२:१०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया