अस्ट्रेलियन टेक्निकल कलेजका निर्देशककाे दशैं शुभकामना

नेपाली विद्यार्थीका लागि पछिल्लो समय उच्च अध्ययन गर्ने आकर्षक गन्तव्य हो, अष्ट्रेलिया । अनि वेस्टर्न अष्ट्रेलिया अर्थात् पर्थमा रहेको अस्ट्रेलियन टेक्निकल कलेज त्यहाँ पुग्ने विद्यार्थीहरुका लागि पहिलो रोजाइ हुन्छ । 

नेपाली विद्यार्थीहरु जहाँ पुगे पनि नेपालका संस्कृति र चाडवाडलाई निकै महत्व दिन्छन्, चाडवाडको माहोल विदेशमा पनि अहिले सुरु भइसकेको छ । हिन्दूहरुको महान् चाड अब दशैं सुरु भइसकेको छ । त्यस्तै दिपावली पनि आउँदैछ । 

यही अवसरमा पर्थको सबैभन्दा बढी आकर्षणको केन्द्र भएको वेस्टर्न अष्ट्रेलियामा रहेको कलेज अस्ट्रेलियन टेक्निकल कलेजले दशैं तिहार मनाउने सबै विद्यार्थी, अभिभावक तथा यो समुदायलाई शुभकामना दिएको छ । 

एक भिडियो मेसेज सार्वजनिक गर्दै कलेजका निर्देशक असिफ अलीले नेपाल र भारतका सबै विद्यार्थी, अभिभावक तथा सम्पूर्ण समुदायलाई शुभकामना दिएका हुन् । 

असिफले भनेका छन्, ‘यो विशेष चाड दशैं र दसेराको शुभकामना दिन चाहन्छु ।’

नेपाली विद्यार्थी, यहाँको शैक्षिक क्षेत्रसँग निकै परिचित र नेपालीलाई निकै माया गर्ने बताउँदै आउने असिफले अहिले विश्वव्याधि बनेको कोरोनाभाइरसको प्रसंग पनि आफ्नो भिडियोमा जोडेका छन् । उनले भिडियोमा यो महामारी छिटै अन्त्य हुने कामना पनि गरेका छन् । 



‘सुरक्षित रहनुहोस् र यो फेस्टिभ सिजन रमाइलो गरेर बिताउनुहोस्,’ असिफले भिडियोमा भनेका छन् ।

नेपाली विद्यार्थीका लागि निकै आकर्षक अस्ट्रेलियन टेक्निकल कलेजमा बिजनेस स्टडिज, हस्पिट्यालिटी एन्ड कुकरी, टेलिकम्युनिकेसन नेटवर्क इन्जिनियरिङलगायतका विभिन्न विषयमा विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउँछन् ।



  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार १३:४०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया