दोहोरो अंक बढेको बजारमा सवा अर्बको कारोबार

मंगलवार सेयर बजार १२ दशमलव ४७ अंक बढेर परिसूचक १ हजार ५८२ दशमलव ८४ विन्दुमा पुगेको छ । सोमवार १३ दशमलव ५८ अंक बढेर १ हजार ५७० दशमलव ३८ बिन्दुमा नेप्से बन्द भएको थियो । यो साता आइतवार घटेको बजार सोमबारदेखि निरन्तर बढिरहेको छ ।

मंगलबार नेप्से परिसूचकसँगै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४० अंकले बढेर ३१३ दशमलव २९ विन्दुमा पुगेको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि बढेको छ ।

मंगलवार १९३ ओटा कम्पनीको १८ हजार ४२६ पटकको व्यापारमा रू. १ अर्ब २४ करोड १२ लाख ४२ हजार बराबरको सेयर कारोबार भएको हो ।

चाडपर्व नजिकिँदै गर्दा सेयर बजारमा लगानी पनि पछिल्लो समय कम हुँदै गएको छ । दैनिक २ अर्ब रुपैयाँभन्दा माथिको सेयर कारोबार हुँदै आएको सेयर बजारमा पछिल्लो समय कारोबार रकममा कमि आएको छ ।

मंगलवारको कुल कारोबारमा सर्वाधिक हिस्सा अरुण काबेली पावरको रहेको छ । उक्त कम्पनीको ८ करोड ८२ लाख ९२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको हो । 

यो दिन सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमध्ये दोस्रो नम्बरमा अपि पावर रहेको छ । उक्त कम्पनीको यस दिन रू. ७ करोड ६५ लाख ८५ हजार बराबरको सेयर कारोबार भएको छ । सर्वाधिक रकमको कारोबार गरेको अरुण काबेली पावरको सेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. ९ ले वृद्धि भई अन्तिम मूल्य प्रतिकित्ता रू. २६८ कायम भएको छ । 



मंगलवार दोहोरो अंकले बढेको बजारमा चार वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कारोबारको पाँचौं दिनमा सर्वाधिक सेयरमूल्य जनरल इन्स्योरेन्स कम्पनी नेपालको बढेको छ । उक्त कम्पनीको सेयरमूल्य ९ दशमलव ९१ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ४४ ले वृद्धि भई अन्तिम मूल्य प्रतिकित्ता रू. ४८८ कायम भएको छ ।

त्यस्तै माउण्टेन हाइड्रोको सेयरमूल्य यो दिन ९ दशमलव ६६ प्रतिशतले वृद्धि भई अन्तिम मूल्य रू. १९३ पुगेको छ भने हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९ दशमलव ६० प्रतिशत बढेर अन्तिम मूल्य रू. १३७ पुगेको छ । 



मंगलवार जोशी हाइड्रोको सेयरमूल्य पनि ९ दशमलव ४० प्रतिशतले बढेर अन्तिम मूल्य रू. १२८ कायम भएको छ । यस दिन नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको सेयरमूल्य करीब २ प्रतिशतले घटेको छ ।

नेपाल फाइनान्सको सेयरमूल्य प्रतिकित्ता रू. ६ ले घटेर अन्तिम मूल्य रू. ३१७ र रिलायन्स फाइनान्सको प्रतिकित्ता रू. ३ ले घटेर अन्तिम मूल्य रू. १८० कायम भएको हो ।

मंगलवार कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ । यो दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक १ दशमलव ९६ प्रतिशतले बढेको हो । त्यस्तै बैंकिङको शून्य दशमलव ५९ प्रतिशत, व्यापारिकको शून्य दशमलव ४८ प्रतिशत, होटलको शून्य दशमलव ९१ प्रतिशत, विकास बैंकको शून्य दशमलव ९६ प्रतिशत बढेको छ । 

त्यस्तै, वित्तको शून्य दशमलव ४६ प्रतिशत, निर्जीवनको शून्य दशमलव ६८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ८१ प्रतिशत, अन्यको १ दशमलव शून्य ८ प्रतिशत, लघुवित्तको शून्य दशमलव ६१ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ७७ प्रतिशत र म्युचुअल फण्डको परिसूचक १ दशमलव शून्य ३ प्रतिशत बढेको छ ।

  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार १५:४८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया