विवेकशील र साझा पार्टी एकीकरणको प्रतिवेदन केन्द्रीय समितिमा

विवेकशील नेपाली दल र साझा पार्टी एकीकरणको संयुक्त प्रतिवेदन केन्द्रीय समितिमा छलफल लागि प्रस्तुत गरेका छन् ।  

विवेकशील र साझा पार्टीबीचको संवाद समितिले वार्ताका निष्कर्षहरुको प्रतिवेदन २९ असोज ०७७ मा संयोजक र अध्यक्षलाई बुझाएको थियो ।

यी दुई पार्टीबीच यही ३१ असारबाट एकीकरणका लागि वार्ता सुरु भएको थियो ।   

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पपछि चर्चामा आएको विवेकशील नेपाली दल र १७ फागुन ०७३ पछि रवीन्द्र मिश्रको संयोजकत्वमा खुलेको साझा पार्टीबीच  ११ साउन २०७४ मा एकता भएको थियो ।  तत्कालीन एकता १८ महिनाभन्दा बढी जान सकेन । यी दुई पार्टीले २७ पुस ०७५ मा छुट्टाछुट्टै गन्तव्य बनाएका थिए । 

हालको यो प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय/सङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ-आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि एकीकरण प्रक्रियाले पूर्णता पाउने मंगलबारको विज्ञप्तिमा जनाइएको छ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार १६:८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया