चीनका धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको चिनियाँ वार्षिक समृद्ध सूचीमा उल्लेख छ । यो रकम उनीहरूले बितेका पाँच बर्षमा गरेको मुनाफाभन्दा बढी हो ।
महामारीको समयमा ई–कमर्स र भिडियो खेलमा व्यापक आकर्षण बढेका कारण चिनियाँ धनाढ्यलाई थप धन आर्जनको अवसर मिलेको अनुसन्धानले देखाएको छ । अगस्टसम्ममा चीनमा अर्बपतिको समूहमा थप २५७ व्यक्ति सामेल भएको मंगलबार प्रकाशित हुरुन रिपोर्टले देखाएको छ ।
उक्त अध्ययनले चीनमा हाल ८७८ व्यक्ति अतिधनाढ्य अर्बपतिको सूचीमा छन् । सन् २०२० को सुरु अर्थात् फेब्रुअरीमा अमेरिकामा ६२६ व्यक्ति अर्बपतिको सूचीमा सूचीकृत हुनुका साथै विश्वका धेरै धनी व्यक्तिको समूहमा अमेरिका नै अग्रस्थानमा रहेको थियो ।
चीनमा यो वर्षको अगस्टसम्ममा दुई हजारभन्दा बढी अर्बपति थपिएका छन् । उनीहरूसँग ३० करोड अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ ।
प्रसिद्ध चिनियाँ ई–कमर्स सेवा अलिबाबाका संस्थापक ज्याक माले यो वर्ष करिब ४५ प्रतिशत बढी सम्पत्ति आर्जन गरेको प्रक्षेपण गरिएको छ । यो अनलाइन व्यापार कम्पनीका मालिक ज्याकले यो वर्ष अनलाइन व्यापारबाट मात्रै ५८ अर्बभन्दा बढी सम्पत्ति जोडेको प्रतिवेदनमा उल्लेख छ ।
अनलाइन भिडियो खेलका मालिक पोनी मा तथा विच्याटका मालिक टेन्सेन्टलेले अमेरिकी प्रतिबन्धको चेतावनीबीच पनि अर्थात् ५७ अर्ब अमेरिकी डलर आर्जन गर्दै ज्याक मालाई पछ्याएको सूचीमा उल्लेख गरिएको छ ।
चिनियाँ बोतलको ‘ब्रान्डेड पानी’ नोङ्फुका संस्थापक ६६ वर्षीय झोङ साङसान ५३ अर्ब ७ करोड अमेरिकी डलर अर्थोपार्जन गरी चिनियाँ अतिधनाड्य सूचीमा तेस्रो स्थानमा पर्न सफल भएका छन् ।
खाद्य सामग्री वितरण सेवा मेतुआनका संस्थापक वाङ सिंग आफ्नो सम्पत्ति चार गुणा बढाएर २५ अर्ब डलरको साथ सूचीमा ५२ औं स्थानबाट १३ औं स्थानमा पुगेका छन् । त्यसैगरी, अनलाइन शपिङ सञ्जाल जेडी डटकमका संस्थापक रिचार्ड लियुले पनि आफ्नो सम्पत्ति दोब्बर बनाएका छन् ।
यसरी हेर्दा विश्व महामारीबाट आक्रान्त बनिरहेको समयमा पनि चिनियाँ ठूला व्यवसायीले आफ्नो व्यवसायबाट व्यक्तिगत समृद्धिको यात्रामा निरन्तर लाभ लिएको देखिन्छ ।
संक्रमण नियन्त्रणमा रहेको देखिएपछि यस बर्ष अर्थव्यवस्था विस्तार हुने एक मात्र प्रमुख मुलुक चीन बन्ने बाटोमा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषले बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।