गण्डकी प्रदेश सरकारले पनि कोरोनाको उपचार निःशुल्क गर्ने

केन्द्र सरकार कोरोना संक्रमितको उपचारको जिम्मेवारीबाट पन्छिए पनि गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना संक्रमितको निःशुल्क उपचार यथावत् राख्ने बरु अझै पहिलाभन्दा झन् व्यवस्थित हुने जानकारी दिएका हुन् । 

प्रदेशका ३८ आइसोलेसनबाट संक्रमितको निःशुल्क उपचार भइरहेको उनले जानकारी दिए । प्रदेशअन्तर्गतका सबै जिल्लामा आइसियु बेडको व्यवस्था हुनै लागेको  उनले बताए । 

नागरिकको स्वास्थ्यका लागि आफूहरू जिम्मेवार रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले लमजुङ, स्याङ्जा र नवलपुरबाहेक सबै जिल्लामा आइसियूको व्यवस्थापन गरिसकेको जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार १७:५९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया