महामारीमा स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउन प्रधानसेनापतिको निर्देशन

प्रधानसेनापति पूर्णचन्द्र थापाले महामारीको समयमा स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउन, संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन मातहतका संगठनलाई निर्देशन दिएका छन् । 

मंगलबार नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । कोभिड १९ बाट सिर्जना भएका सुरक्षा चुनौती, समाधानका उपाय र कार्यनीति विषयक सो गोष्ठी जंगीअड्डामा आयोजित सो बैठक तीन दिन चलेको थियो । 

प्रधानसेनापति थापाले सम्मेलनमा भएको प्रस्तुतीकरण र छलफलबाट निस्किएका निचोडले भविष्यको लागि महत्वपूर्ण मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार २०:१७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया