गण्डकी प्रदेशका कांग्रेस सभासदले दसैँ भत्ता नलिने

नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलले दसैँ भत्ताबापतको रकम नलिने घोषणा गरेको छ । सो निर्णयसँगै गण्डकी प्रदेशका कांग्रेस सभासदले दसैँ भत्ता नलिने भएका छन् ।  

नेपाली कांग्रेस गण्डकीका संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्माले संकटको बेला दसैँ भत्ता लिन नसुहाउने र नैतिकताले पनि नदिने बताए । कांग्रेसले यसअघि नै कोरोना संकटभरको यातायात खर्च नलिने निर्णय गरेको उनले स्मरण गराए । 

यातायात खर्चबापतको २ लाखभन्दा बढी रकम प्रदेश सरकारको खातामा फिर्ता गइसकेको जानकारी दिँदै उनले अहिलेको दसैँभत्ताको रकम पनि फिर्ता जाने बताए । 

गण्डकी प्रदेशसभामा कांग्रेसका १५ जना सभासद रहेका छन् । दसैँमा सांसदहरु विभिन्न जिल्ला गएकाले तत्काल रकम फिर्ता गर्न नमिले पनि समय मिलाएर फिर्ता गर्ने उनले बताए । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार २०:३२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया