आइपिएलमा दिल्लीका शिखर धवनले बनाए यस्तो रेकर्ड

इन्डियन प्रिमियर लिग (आइपिएल)मा भारतीय ब्याट्सम्यान शिखर धवनले नयाँ रेकर्ड बनाएका छन् । दिल्ली क्यापिटलका ओपनर ब्याट्सम्यान रहेका धवनले आइपिएलमा लागतार दुई  खेलमा शतक बनाउने रेकर्ड बनाएका हुन् । 

आज जारी पञ्जाबविरुद्धको खेलमा धवनले शतक बनाएका हुन् । यसअघि शनिबार चेन्नईविरुद्धको खेलमा पनि धवनले शतक बनाएका थिए । चेन्नईविरुद्ध ५८ बलमा १४ चौका र १ छक्कासहित १०१ बलमा अविजित रहेका धवन पञ्जाबविरुद्धको आजको खेलमा १०६ रन बनाउँदै अविजित रहे । ६१ बलको सामना गरेका धवनले १२ चौका र ३ छक्का प्रहार गरे । 

एउटै आइपिएलमा दुई शतक बनाउने धवन पाचौं ब्याट्सम्यान हुन् । यसअघि २०११ मा क्रिस गेल, २०१६ मा विराट कोहली, २०१७ मा हसिम अमला र २०१८ मा शेन वाटसनले दुई शतक बनाएका थिए। 

टस जितेर पहिले ब्याटिमा उत्रेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार २१:३७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया