दार्चुला कारागारका ३५ जनामा कोरोना संक्रमण

जिल्ला कारागार दार्चुलाका ३५ जनामा कोराना संक्रमण पुष्टि भएको छ । दार्चुला कारागारबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका ३५ जनामा बुधबार डडेलधुरा अस्पतालको प्रयोगशालामा कोरोना पोजेटिभ देखिएको कारागार कार्यालय दार्चुलाका प्रमुख मानबहादुर खडायतले जानकारी दिए ।

कारागारभित्र ठाउँ अभावमा संक्रमितलाई अलग्गै कोठामा राख्न सकिने अवस्था छैन । दार्चुला कारागारको २५ जना पुरुष र १५ जना महिला गरी ४० जना कैदीबन्दी राख्ने क्षमता छ । 

अहिले क्षमताभन्दा २० जना बढी कैदीबन्दी राखिएका छन् । हाल दार्चुला कारागारमा ६० जना कैदीबन्दी रहेका छन् ।

बुधबार संक्रमण पुष्टि हुनेमा ३० जना कैदीबन्दी र ५ जना कारागारमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी रहेका छन् ।

फरार अभियुक्तको सूचीमा रहेर भारतबाट फर्किएका कैदीलाई प्रहरीले पक्राउ गरी अदालतबाट कारागार चलान गरेको थियो । उनीहरुबाट नै कारागारभित्र कोरोनाले प्रवेश पाएको हुन सक्ने आशंका गरिएको छ ।
 





  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १४:५०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया