२४ घण्टामा थपिए ५७४३  संक्रमित, ३१०७ जना उपत्यकामा, २६ को मृत्यु

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या ५७४३ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर ५७५३ जना कोरोना संक्रमित थपिएका हुन्।   

हालसम्म जम्मा संक्रमितको संख्या १४४८७२ पुगेको छ । 
 

काठमाडौँ उपत्यकामा ३१०७ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा २३९१ भक्तपुरमा  १७३ र ललितपुरमा ५४३ जना संक्रमित थपिएका छन ।

प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ४४४७६ छ । यसमध्ये संस्थागत आइसोलेसनमा १४६७६ र होम आइसोलेसनमा  २९८०० जना संक्रमित रहेका छन्।

घण्टामा पीसीआर परीक्षणको संख्या  २०११८ रहेको छ। 

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या २९९६ रहेको छ । हालसम्म डिस्चार्ज हुने संक्रमित ९९६०५ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।



२४ घण्टामा मृत्यु  हुने  संक्रमितको संख्या २६ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ७९१ पुगेको छ ।



  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १६:२९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया