टिकटक स्टारको अनलाइन प्रतिस्पर्धा आयोजना, विजेतालाई कार

पछिल्लो समय नेपालमा लोकप्रिय बनेको ‘टिकटक’लाई अब प्रतियोगिताको रुप दिन लागिएको छ । एचपी इन्टरटेन्मेन्टको आयोजनामा ‘टिकटक स्टार’ अनलाइन प्रतिस्पर्धा आयोजना हुने भएको छ ।

आयोजकले विजेतालाई पुरस्कारका साथमा चलचित्रमा काम गर्ने अवसर पनि प्रदान गर्ने घोषणा गरेको छ । नेपाली चलचित्र क्षेत्रका काम तत्काल सुरु गर्न सक्ने अवस्था नरहेकाले असामान्य अवस्थाको समयलाई मध्यनजर गर्दै अनलाइनको माध्यमबाट कार्यक्रम आयोजना गरिएको संस्थाले बताएको छ । 

प्रतियोगीेले अनलाइनबाट नै प्रतियोगितामा भाग लिन सक्नेछन् । विजेतालाई कार, स्कुटरलगायत थुप्रै आर्कषक उपहार र चलचित्रमा काम गर्न अवसर दिइनेछ । 

प्रतिस्पर्धामा भाग लिन चाहने सहभागीले एचपी इन्टरटेन्मेन्टको अनलाइन पोर्टल www.ppfilmy.com मा गएर दिएको निर्देशन अनुसार फर्म भरेर भिडियो पठाउनुपर्ने आयोजकको भनाइ छ ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार २०:२९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया