अजाक्सको उपहार गोलबाट लिभरपुलले गर्‍यो विजयी सुरुवात

लिभरपुलले च्याम्पियन्स लिग फुटबलको विजयी सुरुवात उपहार गोलबाट गरेको छ । बुधबार राति आवे मैदानमा भएको पहिलो खेलमा गोल नै नगरी लिभरपुलले विजयी भएको हो । 

डच क्लब अजाक्सका निकोलास ताग्लिएफिकोले गरेको आत्मघाती गोल उपहार पाएपछि समूह डी मा रहेको लिभरपुलले विजयी सुरुवात गरेको हो । 

खेलको ३५ औँ मिनेटमा अजाक्सका निकोलासको आत्मघातीले लिभरपुललाई जित दिलाएको हो । चोटका कारण गएरातिको खेलमा लिभरपुलका महत्वपूर्ण खेलाडी भर्जिल भान डीजेक मैदान बाहिर थिए । 

बुधबार राति भएको समूह डीको अर्को खेलमा एट्लान्टाले एमफसी मिड्जील्याण्डलाई ४–० ले पराजित गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार ६:३८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया