अमेरिकी राष्ट्रपति चुनाव : चार करोडले गरिसके अग्रिम मतदान

अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ । राष्ट्रपति चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जो बाइडेनले चुनौती दिँदैछन् । 

हालका राष्ट्रपति रिपब्लिकन ट्रम्प र राष्ट्रपति उम्मेदवार बाइडेन डेमोक्र्याटिकबीचको प्रतिस्पर्धा रोचक बन्दै गएको छ । यो चुनावमा अमेरिकामा अग्रिम मतदान गर्नेको संख्या बढेको छ । 

अमेरिकी सञ्चार माध्यमका अनुसार चार करोडबढी मतदाताले अग्रिम मत खसालीसकेका छन् । अमेरिकी राष्ट्रपति चुनावका मत सर्वेक्षणले बाइडेन अगाडि देखिएका छन् । तर, ट्रम्पसँग केही महत्वपूर्ण राज्यमा उनको अग्रता झिनो देखिन्छ । 

चुनाव आउन दुई हप्ता बाँकी हुँदा हुलक र अग्रिम मतदानस्थलमा भोट गर्नेको संख्या बढेको हो । २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा १३ करोड ६० लाख मत खसेको थियो ।

कोरोना संकटले विश्वमै सबैभन्दा धेरै प्रभावित अमेरिकामा राष्ट्रपति ट्रम्पले चुनावी सभालाई निरन्तरता दिएका छन् । अर्का प्रतिस्पर्धी बाइडेन भने कोरोना संकटको समयमा भिडभाड युक्त सभाभन्दा बाहिर छन् । ​



बाइडेन यत्तिबेला ट्रम्पसँग शुक्रबार हुने अन्तिम टेलिभिजन बहसको तयारी गर्न डेलवरस्थित घरमा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

 



  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार ७:१३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया