ललितपुरमा गाडीले ठक्कर दिँदा एक वृद्धको मृत्यु

बिहीबार बिहानै ललितपुरको बालकुमारीमा गाडीले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । 

नम्बर नखुलेको गाडीले ठक्कर दिँदा ललितपुर महालक्ष्मीस्थानका ७८ वर्षका बाबुकाजी श्रेष्ठको मृत्यु भएको हो । गाडीको ठक्करले गम्भीर घाइते भएका उनको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका ७० वर्षका भाइलाल महर्जनको बी एण्ड बीमै उपचार भइराखेको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिएर फरार गाडी र चालकको खोजी भइरहेको बताएको छ । 

त्यसैगरी बुधबार काठमाडौंको बानेश्वरमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी युवतीको मृत्यु भएको छ । नयाँ बानेश्वरको जेब्राक्रसमा  कोटेश्वर जाँदै गएको बाग्मती प्रदेशको ०२०–१३ प ६५०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी २० वर्षीया सुजु पुतुवारको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । 

घाइते मोटरसाइकल चालकको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइराखेको छ । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार ८:३७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया