चिसो बढेसँगै भारतमा संक्रमित बढ्ने अनुमान

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण तिब्र फैलिरहेको भारतमा चिसो बढेसँगै संक्रमितको संख्या बढ्ने अनुमान गरिएको छ।

चिसो र प्रदुषणले संक्रमितको संख्या बढाउने भन्दै अनुसन्धानकर्ताले यो वर्षको चिसोमा पराल नबाल्ने गरी किसानलाई विकल्प दिन भारत सरकारलाई सुझाव दिएका छन्। ​​

जाडोयाममा भारतको हरियाण, यूपी, पन्जाब आसपासका क्षेत्रमा किसानले पराल बाल्ने गरेका छन्। यसले प्रदूषणको मात्रा निकै बढ्ने गरेको छ। 

प्रदूषणसँगै जाडोयाममा कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै पराल बाल्न निषेध गर्न अनुसन्धानकर्ताले सुझाव दिएका छन्। उनीहरुले पराल बाल्नुको विकल्प किसानसँग नभएकाले सरकारले नै केही रणनीति बनाउनुपर्नेमा जोड दिएका हुन्। 

७७ लाख ५ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको भारतमा अहिलेसम्म ६८ लाख ७१ हजार डिस्चार्ज भएका छन्। 

भारतमा अहिलेसम्म १ लाख १६ हजारको भने ज्यान गएको छ। संक्रमित धेरै भएको देशको सूचीमा भारत दोस्रो स्थानमा छ भने संक्रमित मृत्यु हुनेको सूचीमा तेस्रो स्थानमा छ। 



विश्वमा कोरोनाले सबैभन्दा धेरै प्रभावित देश अर्थात् १० लाख भन्दा बढी संक्रमित हुने देशमा अमेरिका, भारत, ब्राजिल, रुस र अर्जेन्टिना रहेका छन्। 

अहिलेसम्म विश्वभर ४ करोड १४ लाख भन्दा धेरै मानिसमा कोरोना पुष्टि भएको छ। जसमध्ये ३ करोड ८ लाख निको भएका छन्। संक्रमित मध्ये ११ लाख ३५ हजारले कोरोनाकै कारण ज्यान गुमाएका छन्। 



अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ८५ लाख ८० हजारमा कोरोना पुष्टि भएकोमा ५५ लाख ८५ हजार निको भएका छन्। २ लाख २७ हजारको भने मृत्यु भएको छ।  

  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार ९:४१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया