आइपिएल : बैंग्लोर र कोलकाताको खेलमा चार रेकर्ड

यूएईमा जारी इन्डियन प्रिमियर लिग आइपिएलको बुधबार रातिको खेलमा तीन रेकर्ड बनेका छन् । बुधबार रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा भएको थियो । जसमा बैंग्लोरले कोलकातामाथि सानदार जित निकालेको थियो । 

टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर जम्मा ८४ रन मात्रै बनाउन सकेको थियो ।  बैंग्लोरले १३.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो ।  

यस खेलका आइपिएलका लागि चार नयाँ रेकर्ड बनेका छन् 

२ मेडन 

आइपिएलको १३औं सिजनसम्मको इतिहासमा पहिलो पटक एक बलरले दुई मेडन राख्न सफल भएका छन् । बैंग्लोरका मोहमद सिरजहरुले २ ओभर मेडन गरेको हुन् । ४ ओभर बलिङ गरेका उनले जम्मा ८ रन दिएर ३ विकेट लिए । 

विराट कोहलीको रेकर्ड



यस खेलमा बैंग्लोरका कप्तान विराट कोहलीले पनि रेकर्ड बनाएका छन् । आएपिएलमा ५ सय चौका प्रहार गर्ने दोस्रो ब्याट्सम्यान बनेका छन् । विराट भन्दा अगाडी शिखर धवन छन् । उनले ५७५ चौका प्रहार गरेका छन् । तेस्रो स्थानमा सुरेश रेना रहेका छन् । ४९३ चौका प्रहार गरेका छन् । चेन्नई सुपर किंग्समा आवद्ध रैना यस सिजनमा आइपिएलमा सहभागी छैनन् ।

यस सिजनको कम स्कोर



बुधबारको खेलमा कोलकाताले बनाएको स्कोर यस आइपएिल यस सिजनको सबैभन्दा कम स्कोर हो । आइपिएलकै सबैभन्दा कम स्कोरको रेकर्डमा पनि यिनै दुई टिम सामेल छन् । सन २०१७ को आइपिएलमा कोलकाताले बैंग्लोरलाई ४९ रनमा सीमित बनाएको थियो । 

 २० ओभर पूरै खेलेर सबैभन्दा कम स्कोर 

कोलकाताले बनाएको ८४ रन आइपिएलको इतिहासमा पूरै २० ओभर ब्याटिङ गररेर बनाएको सबैभन्दा कम स्कोर हो । यसअघि पञ्जाबले सन २००९ मा चेन्नईविरुद्ध २० ओभर खेलेर ८ विकेट गुमाएर ९२ रन बनाएको थियो । मुम्बईले २०११ मा राजस्थानविरुद्ध ८ विकेट गुमाएर २० ओभरमा ९४ रन बनाएको थियो । त्यसैगरी २०१५ मा पञ्जाबले चेन्नईविरुद्ध २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो । 

 
 

  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार १४:४३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया