कोरोना र दसैंको असर छैन उपत्यकाका किसानलाई

नेपालीहरुको महान् चाड दसैं घर–आँगनमा छ । विश्वव्यापी कोरोना संक्रमणको दर काठमाडौं उपत्यकामा पनि तिब्रगतिमा बढेको छ । उपत्यकाको काँठ क्षेत्रमा भने यसको असर परेको छैन । कोरोना कहर र चाडपर्वकै बीच रोपेको धान थन्क्याउन उपत्यकाका किसानहरुलाई भ्याई नभ्याई छ ।

असोज महिनामा मनाइने दसैं यसपटक अधिकमासका कारण एक महिना पर धकेलिएपछि किसानहरू दोहोरो हतारमा छन् । एकातर्फ कोरोनाको जोखिमसँगै पाकेको धान उठाउन हतार छ भने अर्कोतर्फ दसैं नजिकिएर पर्व मनाउने हतार छ ।

ललितपुर दक्षिण क्षेत्रको धान खेतका किसानहरू हुन् कि काठमाडौंको उत्तरी क्षेत्र रानीवनका किसान कोही धान काट्दै थिए भने कोही धान उठाउँदै थिए । कोही धान झार्नमा व्यस्त देखिन्थे । खेतमा भेटिएका किसानहरुले धान उठाउने काम सकेर दसैं मनाउने योजना रहेको बताएका छन् । त्यस्तै कोरोना संक्रमणको जोखिम भए पनि गाउँमा त्यसको असर नपरेकाले धान काट्ने काममा आफूहरु व्यस्त भएको किसानहरुको भनाइ छ  । 

काठमाडौं उपत्यकामा असारमा धान रोपेर कात्तिक भित्र थन्काइसक्ने चलन छ । उपत्यकामा चिसो छिटो बढ्ने र कात्तिकमा पानी परे धान भुइँमा झरेर नष्ट हुने भएकाले पनि पाकेको धान हतार–हतार उठाउने गरिन्छ ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार १६:१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया