नेपालमा कोरोना संक्रमण सुरु भएदेखि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङ दशैं बिदामा रोकिने भएको छ । आजको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । भोलि कार्तिक ७ गते देखि आगामी मंगलबारसम्म मन्त्रालयले हाल गर्दै आएको प्रेस ब्रिफिङ नहुने गौतमले बताए।
बुधबारबाट मिडिया ब्रिफिङलाई थप परिस्कृत रुपमा प्रस्तुत गर्ने गौतमले जानकारी दिए । उनका अनुसार दशैं बिदाका बेलामा पनि यसअघि हुँदै आएका सामाजिक सञ्जाल, एप तथा वेबसाइटहरुमा भने नियमित समयमै कोरोनाको अपडेट हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।