कात्तिक ७ बाट विदेशी विज्ञापन प्रसारणमा रोक

सरकारले कात्तिक ७ गतेदेखि विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक ७ गतेदेखि क्लिनफिड सहितका विदेशी च्यानल प्रसारण गर्न आग्रह गरेका छन् । नेपालमा विज्ञापन नियमन गर्ने ऐन २०७६ लागु गर्ने अवधि २०७७ कात्तिक ७ गते सम्म रहेकाले उक्त दिनदेखि क्लिनफिडलाई पूर्णरुपमा लागु गर्न आग्रह गरेका हुन् ।

२०७६ कात्तिक ८ गते विज्ञापन नियमन गर्ने ऐन लागु भएको थियो । त्यसको ठिक एक वर्षदेखि क्लिनफिड लागु हुने व्यवस्था ऐनमा रहेकाले २०७७ कात्तिक ७ गतेभित्र विदेशी च्यानलमा विज्ञापनरहित क्लिनफिड प्रसारण गर्नुपर्नेछ । क्लिनफिड कार्यान्वयनमा आए नआएको सम्बन्धमा विज्ञापन बोर्डले अनुगमन गर्ने पनि मन्त्री गुरुङले स्पष्ट पारे । 

नवगठित विज्ञापन बोर्डले क्लिनफिड लागु भए नभएको सम्बन्धमा अनुगमन गर्न आवश्यक तयारी पूरा गरिसकेको छ । कात्तिक ८ गतेदेखि नेपालमा क्लिनफिड लागु नगर्ने कुनै पनि सेवाप्रदायकलाई कानुन अनुसार कारबाही गरिने पनि मन्त्री गुरुङले बताए । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार १७:११:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया