असई र प्रहरी जवानको परिवारलाई दुई-दुई लाख दिने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख दिने निर्णय गरेको छ ।

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा दुवै परिवारलाई २/२ लाख दिने निर्णय गरिएको हो ।

तत्काल परिवारका सदस्यलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरूको सन्तानका लागि मुद्धति खातामा राखिदिने निर्णय गरिएको हो ।

तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोस्ट जुगेडाका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरिएको थियो ।

दुवैका परिवारलाई आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले भेटेर राहतका लागि आश्वासन दिएका थिए । मन्त्री बोहराले मृतकको परिवारलाई भेटेर आश्वासन दिएको भोलिपल्टै प्रदेश सरकारले दुवै परिवारलाई २/२ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार १८:२६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया