बाग्मतीका मुख्यमन्त्री पौडेललाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो

कोरोनाभाइरस संक्रमण भएपछि बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि काठमाडौं ल्याइएको छ । शुक्रबार दिउँसो उनलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।

उनलाई गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको छ ।

अहिले मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ । उनलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । 

केही समयअघि मात्र उनको मुटुको शल्यक्रिया गरिएको थियो । त्यसैले उनलाई उपचारका लागि काठमाडौं ल्याइएको उनको सचिवालयले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७७ शुक्रबार १५:१४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया