प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । उनले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीको सम्बोधन आज साँझ ४ बजेर २५ मिनेट जाँदा नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ । 

नेपालीहरुको महान् चाड दशैंका शुभकामना दिन र पछिल्लो समय भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग भेटवार्ता गरेपछि उठेका विभिन्न विषयको जवाफ दिन प्रधानमन्त्रीले यो सम्बोधन गर्न लागेका हुन् । 

आजको सम्बोधनमा प्रधानमन्त्री ओलीले कोरोनाभाइरसबारे पनि सम्बोधन गर्न सक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री ओलीको सम्बोधन फरकधारको फेसबुक पेजमा पनि लाइभ आउनेछ । 





  • प्रकाशित मिति : कात्तिक ७, २०७७ शुक्रबार १५:१८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया