प्रधानमन्त्रीले रअसँगको भेटबारेका सत्यतथ्य सार्वजनिक गर्नुपर्छः प्रदीप पौडेल

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग भेट गरेको विषयमा तथ्यसत्य जानकारी दिनु पर्ने माग नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राखेका छन् । 

पौडेलले सामाजिक सन्जाल ट्विटरमा यो माग गरेका हुन् । 

प्रधानमन्त्री ओली र रअ प्रमुखसँग भएको यो भेट हाम्रो देशको सार्वभौमकिता विपरित भएको पौडेलले दाबी गरेका छन् । पौडेलले हाम्रो देशको स्वाधीनता र स्वाभिमानको अलिकती पनि हेक्का नराखी प्रधानमन्त्री ओलीले रअ प्रमुखसँग भेट गर्नु गम्भीर भएको भन्दै यसको तथ्य बाहिर आउनु पर्ने माग राखेका छन्  । 

प्रधानमन्त्रीको तहबाट हुने यस्तो कामका कारण हाम्रो उपस्थिति छिमेकमा र विश्व मानचित्रमा कमजोर हुँदै गएको पनि पौडेलले लेखेका छन् । 





  • प्रकाशित मिति : कात्तिक ७, २०७७ शुक्रबार १६:१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया