देशभर कोरोना भाइरसका थप ४ हजार ४९९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरूमा १६ हजार ८६३ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ४९९ जना संक्रमित थपिएका हुन् ।
आजसम्म १३ लाख ६७ हजार १६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४६ हजार ६९६ रहेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १ लाख ५ हजार ४८८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ९ प्रतिशत रहेको छ ।
देशभरका संस्थागत आइसोलेसन १४ हजार ९७२ जना र होम आइसोलेसनमा ३१ हजार ७२७ जना रहेका छन् ।
देशभर ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।