विश्वमा कोरोनाबाट ४ करोड २० लाखभन्दा बढी संक्रमित

विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड २० लाखभन्दा बढी भएको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाइएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरि ४ करोड २० लाख ९४ हजार ५३५ जना कोरोना सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरि ११ लाख ४४ हजार ३०६ जनाको मृत्यु भएको पनि सो विश्वविद्यालयले जानकारी दिएको छ ।

यसैबीच विश्वभरि रहेका कुल सङ्क्रमितमध्ये ३ करोड १२ लाख ३५ हजारभन्दा बढी व्यक्ति कोरोना मुक्त भएका बताइएको छ । कोरोना भाइरसका कारण सबभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८६ लाख ६४ हजारभन्दा बढी  व्यक्ति सङ्क्रमित रहेका छन् ।

कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा २ लाख २८ हजार ४२३ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरूमा पनि ठूलो संख्यामा सङ्क्रमितहरु थपिने गरेका छन् । 

कोरोना  भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेका छन् । भारतमा ७७ लाख ६३ हजारभन्दा बढी कोरोना सङ्क्रमति रहेका छन् भने ब्राजिलमा करिब ५३ लाख ३२ हजार व्यक्ति कोरोना सङ्क्रमित रहेको विश्वविद्यालयले जनाएको छ । रुस चौथो स्थानमा रहेको यहाँ १४ लाख ८० हजार ६४६ जना सङ्क्रमित रहेका छन् ।

विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६९ लाख ४८ हजार जना कोरोना निको भएका छन् । 





  • प्रकाशित मिति : कात्तिक ७, २०७७ शुक्रबार २१:२४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया