पूर्वप्रधानमन्‍त्री बाबुराम भट्टराई दम्पत्तिमा कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते स्वाब परीक्षणका लागि दिएका बाबुराम र हिसिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । 

बाबुरामले रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकको सल्लाह अनुसार होम आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्कक रहन आग्रहसमेत गरेका छन् । 

‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्ट भएको छ’, बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको हो।’ 





  • प्रकाशित मिति : कात्तिक ८, २०७७ शनिबार ८:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया