बाँकेमा थप एक कोरोनाभाइरस संक्रमितको मृत्यु

बाँकेमा एक कोरोनाभाइरस संक्रमितले ज्यान गुमाएका छन् । 

नेपालगन्ज उपमहानगरपालिका वडा नं १ धम्बोजीका ५० वर्षीय पुरुषको भेरी अस्पतालमा निधन भएको हो । 

उनी २६ असोजमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि २७ असोजमा अस्पताल भर्ना भएका थिए । उनको शुक्रबार राति १० बजे उपचारका क्रममा निधन भएको हो । 

योसँगै बाँकेमा अहिलेसम्म कोरोनाका कारण ३१ जनाले ज्यान गुमाएका छन् । योसँगै लुम्बिनी प्रदेशमा १ सय ४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७७ शनिबार ९:२२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया