भारतीय मिडियाले भने– रअ प्रमुख भेटेपछि नरम भएका छन् प्रधानमन्त्री ओली

भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयललाई भेटेपछि प्रधानमन्त्री केपी शर्मा ओली नरम हुन थालेको भारतीय मिडियाले टिप्पणी गरेका छन् । केही दिन अघि भएको यो भेटबारे अहिले पनि नेपालमा प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ । 

यहीबीच भारतीय मिडियामा चाहिँ ओली अब नरम बनेको बताउन थालेका छन् । भारतीय मिडिया लाइभहिन्दुस्तानडटकममा प्रकाशित एक सामग्रीमा त प्रधानमन्त्री ओलीले दिएको दशैंको शुभकामनामा नेपालको नयाँ नक्सा नसमेटिनु यसैको कारण भएको उल्लेख गरिएको छ । 

उक्त समाचारमा भारतले नेपालले जारी गरेको नयाँ नक्सालाई पहिले देखि नै अस्वीकार गर्दै आएको र अब नेपाली प्रधानमन्त्रीले नै उक्त नक्सा नभएको तस्वीर सार्वजनिक गर्नुले उनी नरम भएको प्रमाण दिएको उल्लेख गरिएको छ ।

गोयलसँगको यो भेटपछि नेपाल भारत सीमा विवादको समाधान निस्किने पनि भारतीय मिडियामा उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७७ आइतबार ८:५६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया