‘अस्पताल प्रवेश गरेका बिरामी बिना उपचार फर्किनु पर्दैन’
फाइल तस्बिर

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अस्पतालको गेटभित्र प्रवेश गरेका बिरामी उपचारबिना फर्किनु नपर्ने बताएका छन् । वडादसैंको अवसरमा आइतबार शुभकामना दिँदै मन्त्री ढकालले कोरोना यस्तो बताएका हुन् ।

अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरेर सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री ढकालले यस्तो बताएका हुन् ।  ‘कुनै पनि अस्पतालको गेटभित्र प्रवेश गरेका बिरामी उपचारबिना फर्कनु नपरोस् भनेर गरीब, विपन्न र अलपत्र व्यक्तिको आकस्मिक उपचार निःशुल्क गर्नेगरी व्यवस्था मिलाएका छौँ’, मन्त्री ढकालले भने ।  

परिस्थिति अनुसार चाडपर्व मनाउन मन्त्री ढकालले आग्रह गरेका छन् । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको खतरालाई मध्यनजर गर्दै जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतालाई बुझ्न उनले आग्रह गरे । ​

बडादसैंका अवसरमा शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको बताएका हुन् । 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि मास्कको उचित प्रयोग, भौतिक दुरी र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु नै उचित भएको उनले बताएका छन् । 



‘दसैं लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनःर्मिलनको चाड हो’, मन्त्री ढकालले भने, ‘आफन्तका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने आशीर्वाद लिने र दिने मानवीयताको चाड हो ।’ 

चाड मनाइरहँदा विगतमा पनि हामीले स्वास्थ्य, मित्रता  र सामाजिक शान्तिलाई ध्यान दिने तथा छिमेकीलाई प्रतिकूल नहुने गरी मनाउने गरेको सम्झदै उनले महामारीको समयमा अझ ध्यान दिनुपर्नेमा जोड दिएका छन् । ​



दसैंको शुभकामना दिँदै मन्त्री ढकालले संविधानमै सुनिश्चित स्वास्थ्यको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताए । 

मन्त्री ढकालले सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पताललाई कोभिड–१९को परीक्षण तथा उपचार र अक्सिजन, आवश्यक औषधि तथा उपकरणको अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको दिए । 

  • प्रकाशित मिति : कात्तिक ९, २०७७ आइतबार १०:५६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया