देशभर कोरोनाका थप २ हजार ८५६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३३६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १ लाख ११ हजार ६७० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७० दशमलव ६ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरूमा १२ हजार ३११ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ९३ हजार १७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १२ हजार ९७९ जना र होम आइसोलेसनमा ३२ हजार ५९३ जना रहेका छन् । आजसम्म देशभर ३ हजार ३२२ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २७७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।
काठमाडौं उपत्यकामा १ हजार ५३५ कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३५ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ६२९ महिला र ९०६ पुरुष रहेका छन् ।
काठमाडौंमा मात्र हालसम्म १९ हजार ८२६ सक्रिय कोरोना संक्रमित रहेका छन् भने १९३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी भक्तपुरमा हालसम्म १ हजार ४९४ जना सक्रिय संक्रमित रहेका छन् भने ५६ जनाको मृत्यु भएको छ । ललितपुरमा २ हजार ४३० सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
काठमाडौंमा १० हजार ५०१ होम आइसोलेसनमा छन् भने भक्तपुरमा १ हजार ७१९ र ललितपुरमा २ हजार ६४३ जना होम आइसोलेसनमा रहेका छन् ।
कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट देशभर थप पाँच जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप पाँच जनाको मृत्यु भएको हो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।